Saturday 13-06-2026

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको सुनियो, यस्तो घातक संस्कार रोक्नुपर्छ : बाँस्कोटा

Satyapana
  • Sunday Dec 07 2025
  • | 4391 Read

Share News

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको सुनियो, यस्तो घातक संस्कार रोक्नुपर्छ : बाँस्कोटा

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा ‘पाखुरा सुर्किने’ जस्ता गलत अभ्यास देखिन थालेको भन्दै त्यसलाई रोक्न सबै सजग हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले विगतका अधिकांश महाधिवेशनहरूमा संगठनको नीति, विधि र विचारमा केन्द्रित बहस हुने गरेको सम्झना पनि गरे।

उनका अनुसार चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न इलाका वाइएलले बदम, मकै शिला खोजेर सहयोग पठाएको अनुभव रहेको तर पाँचौँदेखि सातौँ महाधिवेशनबाहेक सबैमा प्रतिनिधिको भूमिकामा सहभागी हुने अवसर पाएको बताए। “अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको सुनियो, यस्तो घातक संस्कार हुर्कन दिन हुँदैन,” बाँस्कोटाले लेखेका छन्।

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने छ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्द सत्र भृकुटीमण्डपमा आयोजना हुनेछ। केही जिल्लाबाहेक अधिकांश स्थानमा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सकिएको भए पनि ओखलढुंगा, सल्यान, दाङ, धनकुटा, डोटी, बर्दिया र बाँकेमा भने विवाद पैदा भएको छ।
ओखलढुंगा र धनकुटामा त प्रतिनिधि छनोट प्रक्रिया पुनः अघि बढाउनै केन्द्रबाट निर्देशनसमेत भएको छ।


For Add Product Review. You Need To Login First Login Page