Search News
Breaking News ::
वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन
Satyapana
- Monday Mar 23 2026
- | 1448 Read
Share News

९ चैत २०८२,सोमबार। नेपालका प्रतिष्ठित अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।
मस्तिष्कघात (Brain Stroke) भएपछि काठमाडौंको थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहनुभएका आचार्यको आज सोमबार बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको एक श्रीमती, एक छोरा र एक छोरी छन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलकको वित्तीय तथा समष्टिगत आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

For Add Product Review. You Need To Login First Login Page















